site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विभिन्न कालखण्डमा भएका काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी छ : गृहमन्त्री लामिछाने
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार भएर लागेको बताएका छन् । उनले अख्तियार लगायतका संस्थाबाट विभिन्न अड्चनले गर्दा आशा गरिएको अनुसार नतिजा प्राप्त नगरेको बताए । 

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै उनले भ्रष्टाचारी एक दिन कानुनको दायरामामा आउँछ भन्ने विश्वास जनतामा ल्याउनुपर्ने आवश्यकता औल्याएका छन् । 

सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले मेरो र उसको नभनी सबैको पालामा प्रत्येक प्रकरणको छानबिन गर्ने र अख्तियारले पनि निष्पक्ष रूपमा अभियोजन र न्यूनीकरण गर्नुपर्ने धारणा राखे । भ्रष्टाचार राजनीतिको दाउपेज बन्न नहुने उनको भनाइ थियो । “निरन्तर रूपमा सरकार लागेको छ । भइरहेको काण्डहरूको मात्र हैन कुनै पनि कालखण्डमा भएको काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी छ । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ,” उनले भने ।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्