site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङ र झापामा पानीमा डुबेर दुई बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

विराटनगर । मोरङ र झापामा पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । 

मोरङको रतुवामाई नगरपालिका–५ का नुर मोहमदका दुई वर्षीय छोरा मोहमद मुसाहा खेल्ने क्रममा नजिकैको पैनीपानीमा डुबेका थिए ।

Argakhachi Cement Island Ad

बुधबार बिहानै बालकलाई नदेखेपछि खोजी गर्दा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अविरल वर्षासँगै रतुवामाईका अधिकांश बस्तीमा पैनीखोला जलमग्न भएका छन् । 

उता, झापाको मेचीनगर नगरपालिका–१४ का बामरा सन्थालका २० महिनाका छोरा रिहानको पनि डुबेर मृत्यु भएको छ । स्थानीय फुलवासा खोलामा मंगलबार साँझ डुबेका थिए । घरदेखि अन्दाजी ३०० मिटर नजिकै रहेको खोलामा बालक डुबेको झापा प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्