site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच छलफल चलिरहेको छ । बजेट, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले बजेटको आलोचना गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले बाहिर देखाउन टिप्पणी गरेको अभिव्यक्ति केही दिन अघि दिएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्