site stats
बाह्रखरी :: Baahrakhari
देश
६० किलो सुन तस्करी प्रकरण : थप दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ । 

भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रूपक भण्डारीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको छ,” उनले भने । 

अहिलेसम्म ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या २० जना पुगेको प्रवक्ता बोगटीले बताए । रासस
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्