site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँको मादी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा छन् ।

Argakhachi Cement Island Ad

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जीप शनिबार राति पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । जीपमा पाँचजना सवार थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०५:२६
प्रतिक्रिया दिनुहोस्