site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

राजविराज । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५, मलेखपुरमा शनिबार (जेठ १०) इँटा बोकेको ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

मोटरसाइकलमा सवार तीनमध्ये दुईजनाको ज्यान गएको हो । उनीहरूलाई उपचारका निम्ति लगिएकामा बाटोमै एकजनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

ज्यान गुमाउनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का १९ वर्षीय सन्तोष यादव र विष्णुपुर–२ का २२ वर्षीय सागर मण्डल रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् । घाइते विष्णुपुर–१ का १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका निम्ति विराटनगर पठाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्