site stats
बाह्रखरी :: Baahrakhari
देश
दुखाइरहित प्रसूति : नेपालमा यसरी गराइन्छ

काठमाडौं । विश्वमा प्रसव पीडालाई कम गर्ने विभिन्न (पेनलेस डेलिभरी) पद्धतिहरू अभ्यासमा छन् । त्यसमध्ये नेपालमा पनि प्रयोग भइरहेको विधि हो, ‘एपिड्युर एनल्जेसिया’ । त्रिवि शिक्षण अस्पतालसहित विभिन्न निजी अस्पतालमा पनि अहिले पेनलेस डेलिभरी सेवा प्रदान गरिन्छ । 

यो पद्धतिमा नर्मल डेलिभरी हुन लागेका गर्भवतीहरूको ढाडमा क्याथेटर (करिब ३.५ सेमी)को माध्यमबाट थोरै मात्रा औषधि राखी दुखाइलाई कम गरिन्छ । यसरी राखिएको क्याथेटर सामान्यतः बच्चा जन्मिएको एक घण्टासम्म राखिने त्रिवि शिक्षण शिक्षण अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. बासुदेव पराजुली बताउँछन् । 

Argakhachi Cement Island Ad

उनका अनुसार यसरी प्रसूति भएका आमाहरूले एक घण्टाभित्रै शिशुलाई स्तनपान गराउन र अन्य सुत्केरीझैँ विस्तारै सामान्य अवस्थामा फर्कनसक्छन् ।

‘पेनलेस डेलिभरी गराएका महिलामा पछि गएर ढाडसम्बन्धी समस्या हुनसक्छ ?’ 

डा. पराजुली भन्छन् “दुखाइ कम गर्ने क्रममा न्यून मात्रामा मात्रै औषधि प्रयोग गरिने हुँदा यस्ताखाले समस्या आउँदैन ।” तर,  यो विधि रगत पालतो भएका वा पातलो बनाउने औषधि प्रयोग गरिरहेका, मुटुको गम्भीर समस्या भएका, पे्रसर कम भएका वा सोही औषधिको एलर्जी भएका गर्भवतीमा भने यो विधि अपनाउन नहुने डा. पराजुलीको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्