site stats
बाह्रखरी :: Baahrakhari
विदेश
श्रीलंकाका राष्ट्रपति पुगे दिल्ली 

काठमाडौं । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे भारतको राजधानी दिल्ली पुगेका छन् । तेस्रो कार्यकालको लागि आइतबार साँझ हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी दिल्ली पुगेका हुन् । 

शपथग्रहण समारोहमा सहभागी हुन विभिन्न देशका पाहुना दिल्ली पुगिरहेका छन् । आइतबार नै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे भारतको दिल्ली पुगेका छन् । आइतबार बिहान माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू पनि दिल्ली पुगेका थिए । 

Argakhachi Cement Island Ad

मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार बिहान नै दिल्ली पुगेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार नै शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेकी थिइन् । 

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो १ बजे मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्लीतर्फ जाँदै छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्