site stats
बाह्रखरी :: Baahrakhari
देश
आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने
फाइल तस्बिर ।

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ ।

भासिएको सडक मर्मत भइरहेकाले आज बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

Argakhachi Cement Island Ad

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुंगा झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने जनाएको हो ।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ । निर्माण व्यवसायी जीएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्