site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस नेताहरू बूढानिलकण्ठ बैठकपछि बालुवाटारतर्फ लागे 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू बूढानिलकण्ठ बैठकपछि बालुवाटारतर्फ लागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा बोलाएकाले जान लागिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

पार्टी उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्री परियार बालुवाटार निस्किएका हुन् । 

बैठकमा पार्टीका सभापति, पदाधिकारी र पूर्वपदाधिकारीलाई बिहान बालुवाटारमा भएको छलफलबारे जानकारी गराइएको परियारले बताए । अहिले बस्ने बैठकमा सहकारी प्रकरणबारे आफूहरूले राखेको माग दोहोर्‍याउने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्