site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हाउस्टन आँधी : अझै लाखौँ मानिस विद्युत्‌विहीन
तस्बिर : एपी ।

हाउस्टन । अमेरिकाको हाउस्टन क्षेत्रमा लाखौँ मानिस अझै पनि विद्युत्‌विहीन अवस्थामा छन् । भयानक आँधीपछि हाउस्टन क्षेत्रमा तापक्रम व्यापक रूपमा वृद्धि भएको छ ।

वर्षा र आँधीका कारण दक्षिणपूर्वी र गल्फ कोस्ट क्षेत्रमा मौसम ‘गम्भीर’ भएको छ । यसका कारण अझै व्यापक वर्षा र आँधीबेहरीको सम्भावना रहेको जनाइएको छ ।

Argakhachi Cement Island Ad

१०० एमपीएचको गतिमा आएको हुरी र आँधी तथा टोर्नाडोका कारण गएको बिहीबार हाउस्टन क्षेत्रमा ठूलो क्षति भएको थियो । बिहीबार चार जनाको हाउस्टन र बाँकी तीनजनाको शुक्रबार साँझ ह्यारिस काउन्टीमा मृत्यु भएको थियो ।

आँधीपछि तापक्रम ९० डिग्री फरेनहाइट आसपासमा रहेको छ । ह्यारिस काउन्टीका तीन लाख ६६ हजार मानिस शनिबार विद्युत्‌विहीन अवस्थामा थिए । केही दिनअघि उक्त संख्या नौ लाखको हाराहारीमा रहेकामा थोरै घटेको हो  । सीएनएनबाट ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्