site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ । समावेशीता, समानता र सशक्तीकरणको संस्कृतिलाई बढावा दिने उद्देश्यले ‘स्पार्क २४ : इम्पावरिङ वुमन इन लिडरसिप–इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल, भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठकलगायतका वक्ताहरूले महिला नेतृत्व र सशक्तीकरणबारे धारणा राखेका थिए ।

कार्यक्रमको लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यावसायिक विकास तथा मानसिक एवम् शारीरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी ट्रनओभर रेसियो ७ प्रतिशत रहेकोमा लक्ष्मी सन्‌राइज बैंकको १ प्रतिशतभन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने प्रयास सकारात्मक परिणाम भएको बैंकले बताएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्