site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सात दिन हिरासतमा राखिने

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सात दिन हिरासतमा राखिने भएको छ । शुक्रबार राउज एभिन्यू अदालतले केजरीवालमाथि अनुसन्धानका लागि सात दिनको समय दिएको हो ।

प्रवर्तन निर्देशनालय (ईडी)ले भने १० दिनको अनुमति दिन माग गरेको थियो । 

Argakhachi Cement Island Ad

अब अन्तःशुल्क घोटाला प्रकरणमा केजरीवाल कम्तीमा मार्च २८ सम्म हिरासतमा रहनेछन् । तीन घण्टाको सुनुवाइपछि अदालतले अनुमति दिएको हो । 

बिहीबार राति दिल्ली मदिरा घोटालासँग सम्बन्धित मनी लन्ड्रिङ केसमा केजरीवाल पक्राउ परेका थिए । यसअघि आजै केजरीवालले सर्वोच्च अदालतबाट ईडीको गिरफ्तारीविरुद्ध रिट निवेदन फिर्ता लिएका थिए ।

यस प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २२:०८
प्रतिक्रिया दिनुहोस्