site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बुर्किनाको चर्चमा १५ उपासकको हत्या

औगादुगु । उत्तरी बुर्किना फासोमा एक क्याथोलिक चर्चमा आइतबारको प्रार्थनासभाका क्रममा गरिएको ‘आतंकवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएका छन् । आक्रमणमा दुईजना घाइते भएका चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

डोरी सुबाका पादरी जिन–पियरे सवाडोगोेले विज्ञप्तिमा भने, “फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिस आतंकवादी हमलाको सिकार भएको हामी तपाईंको ध्यानाकर्षण गराउँछौँ ।”

Argakhachi Cement Island Ad

मृत्यु हुनेको संख्या १५ पुगेको र दुईजना घाइते भएका उनले जानकारी दिए । बुर्किना फासोमा शान्ति सुरक्षाका निम्ति आह्वान गर्दै सावाडोगाले मृत्यु र आतंक मच्चाउने मानिसको निन्दा गरे ।

हमला भएको एस्साकेन गाउँ मुलुकको उत्तरपूर्वी बुर्किना फासो, माली र नाइजरको साझा सीमानजिकै ‘तीन सीमा’ क्षेत्रका रूपमा चिनिन्छ ।

सन् २०१५ मा बुर्किना फासो र नाइजरमा जिहादी विद्रोह विस्तार भएको थियो । सन् २०२२ मा एक वर्षभन्दा पनि कम समयमा मुलुकमा दोस्रो सत्ता विद्रोहका रूपमा क्याप्टेन इब्राहिम ट्रोरेले सत्ताकब्जा गरेका थिए ।

दुवै सत्ता विद्रोह जिहादी हिंसालाई रोक्न सरकारको असफलतामाथि असन्तोषका कारण उत्पन्न भएको थियो । उक्त हिंसामा बुर्किना फासोमा कम्तीमा २० हजार मानिस मारिएका थिए । २० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्