site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
कम्बोडियामा अलपत्र परेका दुई नेपालीको उद्धार
तस्बिर : यूएनडीपी ।

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा अलपत्र परेका दुई नेपालीको उद्धार गरेको छ ।

उद्धार गरिएका दुई नेपालीलाई शुक्रबार काठमाडौं फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

Argakhachi Cement Island Ad

“लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई (एक महिला र एक पुरुष) नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी ०८२ जेठ ९ गतेका दिन नेपाल फर्काइएको छ,” दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।

कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि पनि दूतावासले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्