site stats
बाह्रखरी :: Baahrakhari
खेल
विनोदको कप्तानीमा नेपाल ‘ए’, ज्ञानेन्द्र मुख्य प्रशिक्षक 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर ‘ए’ टिमको घोषणा गरेको छ । क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय ‘ए’ टिमको घोषणा गरेका हो ।

नेपाली टिमको कप्तानी विनोदले गर्दा प्रशिक्षकमा भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन् । ज्ञानेन्द्रले यसै सातामात्र आईसीसी लेभल–२ कोचिङ कोर्स पूरा गरेका थिए । 

नेपाल ‘ए’ विकेटकिपर अर्जुन साउदले भने स्थान बनाउन सकेनन् । अर्जुन र रिजन ढकाल यसअघि लिग–२ का लागि घोषित नेपालको राष्ट्रिय टिममा भए पनि बुधबार बिहानमात्र उनीहरुको स्थानमा अनिल साह र देव खनाललाई राखिएको थियो । रिजन भने ‘ए’ टिमका पर्न सफल भएका छन् । 

क्यानले ‘ए’ टिमका हालैमात्र सम्पन्न प्रधानमन्त्री कप र यू–१९ विश्वकप खेलेका खेलाडीहरूलाई समेटेको छ ।

नेपाली टिम :

विनोद भण्डारी (कप्तान), आसुतोष घिरैया, अर्जुन कुमाल, विवेक यादव, बसिर अहमेद, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल, सुजन थपलिया
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २२:३३
प्रतिक्रिया दिनुहोस्