site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैंकले सच्यायो रवि लामिछानेलाई दिएको पत्रमा उल्लेख मिति

काठमाडौं । ग्लोबल आईएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दिएको पत्रमा उल्लेख गरिएको मिति सच्याएको छ ।

सुरुको पत्रमा लामिछानेले दिएको निवेदनको मिति २०२४/६/२२ लेखिएको थियो । तर, आज २०२४/१/२२ तारिख हो ।

Argakhachi Cement Island Ad

जसलाई लिएर आलोचना भएपछि बैंकले पत्रमा उल्लेख गरिएको मिति सच्याएको रास्वपाका नेता दीपक बोहोराले जानकारी दिएका छन् ।

सञ्चार माध्यममा आफ्नो बैंक खातामा एक करोड ८० लाख रुपैयाँ रकम जम्मा भएको खबर आएपछि लामिछाने विवरण माग्न ग्लोबल आइएमई बैंक पुगेका थिए ।

बैंकले चेक आएको तर पर्याप्त पैसा नभएकाले खातामा जम्मा हुन नसकेको जवाफ दिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्