site stats
बाह्रखरी :: Baahrakhari
खेल
न्युजिल्यान्डविरुद्ध ९० रन बनाएर आउट भए अर्जुन कुमाल

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर अर्जुन कुमाल ९० रन बनाएर आउट भएका छन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याइहरेको नेपालबाट अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए ।

जारी खेलको ३८ ओभर समाप्त हुँदा नेपालले आठ विकेट गुमाएर १८३ रन बनाएको छ । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्