site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिक्कल गाउँपालिका–५, रजेगाउँका ७४ वर्षीय मनबहादुर बुढाथोकी छन् । 

घरनजिकै बारीको कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर शनिबार साँझ बुढाथोकीको मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोज्ने क्रममा घरबाट एक सय मिटर अगाडि चप्पल भेटेका थिए । चप्पल भेटिएको ठाउँनजिक बारीको काल्लामा ढिस्को झरेको देखेपछि खोतल्दा बुढाथोकीलाई मृत अवस्थामा फेला परेको जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्