site stats
बाह्रखरी :: Baahrakhari
कला
सानो घटनाले व्यक्तिलाई कुन हदसम्म पुर्‍याउँछ ?

काठमाडौं । चलचित्र ‘चित्रा’ पारिवारिकसँगै साथित्वको कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा बाबु र छोरी सँगै साथीको कथा भएको निर्माण पक्षले दाबी गरेको छ । 

“यो चलचित्र बाबु र छोरीसँगै फ्रेन्डसिपको कथा हो । परिवार र साथीको कथा भन्छ,” आज काठमाडौंमा आयोजित एक साक्षात्कारमा निर्देशक घनश्याम लामिछानेले भने । 

‘चित्रा’ महिलाबादी सिनेमा भएको उनको भनाइ छ । परिवारको उतारचढावको कथा सिनेमाले भन्ने निर्देशक लामिछानेको भनाइ छ । 

“यसअघि म आर्टिस्टिक सिनेमा बनाउँदै आएको थिएँ । यो पटक मेनस्ट्रिम सिनेमा बनाउँदै छु,” उनी स्पष्ट पार्छन्, “मेरा यसअघिका सिनेमा नाटकजस्ता भए भन्ने गुनासो पनि आयो । नाटक अब नाटक घरमै बनाउँछु, अहिले चाहिँ हलमा सिनेमा नै देखाउँ भनेर लार्जर देन लाइफ सिनेमा बानाएको छु ।”

‘चित्रा’का अभिनेता प्रमोद अग्रहरि सानो घटनाले व्यक्तिलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने कथा चलचित्रमा रहेको बताउँछन् । “सिनेमा भनेकै परिवार तथा व्यक्तिको अप्स एन्ड डाउन हो । त्यही द्वन्द्व नै सिनेमा हो । रियल लाइफमा त्यो नराम्रो हो,” प्रमोद भन्छन्, “तर सिनेमाका लागि त्यही नै राम्रो हो ।” 

आफ्नो क्यारेक्टरले चलचित्रमार्फत विभिन्न कथा भन्ने उनी बताउँछन् । “मलाई रिसाउन क्यामेरा अगाडि मात्रै आउँछ । मलाई मान्छे मार्न क्यामेरा अगाडि मात्रै आाउँछ,” उनले भने, “चित्रामा मलाई रिसाएको र मान्छे मारेको पनि देख्नु हुन्छ । अरु कुरा पनि मेरो चरित्रले भन्छ ।” 

यस्तो देखियो ‘चित्रा’को ट्रेलर 

‘चित्रा’का अर्का अभिनेता सन्तोष अधिकारीले आफू लामो तयारीपछि अभिनयमा आएको बताउँछन् । “लामो समयपछि म अभिनयमा आएको छु । म निकै लामो तयारी पछि रेडी भएर अभिनयमा आएको हुँ,” उनले भने, “वास्तवमा म धेरै व्यक्तिको प्रतिनिधि पात्र हुँ भन्ने लाग्छ । अभिनयमा सपना देख्ने पात्रहरूको प्रतिनिधि हुँ ।”

आफू पैसा डुबाउन सिनेमामा लगानी गर्न नआएको सन्तोषले स्पष्ट पारे । “पैसा डुबाउन आएको भए यसअघि नै धेरै सिनेमामा लगानी गरिसक्थेँ होला,” सन्तोष भन्छन्, “प्रि–प्लान गरेर आएको हुँ । मलाई पैसा डुबाउनु छैन ।” 

प्रमोद अग्रहरि र सन्तोष अधिकारीसँगै अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् । 

चलचित्र पुस २७ गते रिलिज हुनेछ ।  
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्