site stats
बाह्रखरी :: Baahrakhari
कला
फ्राइडे रिलिजमा ‘नरसिंहा अबतार’, आठ वर्षपछि फर्किए राजेश

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको छ । राजेश हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘नरसिंहा अबतार’ आजबाट प्रदर्शनमा आएको हो । 

राजेश हमालको यो आठ वर्षपछिको कमब्याक हो । राजेश आठ वर्षपछि फिचर फिल्ममार्फत अभिनयमा फर्किएका हुन् । 

दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा राजेशसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीलगायत कलाकारको अभिनय छ ।

क्रिएटिभ सिने आर्टसको ब्यानरमा बनेको यो सिनेमामा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।

राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्