site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने 

काठमाडौं । सरकारले उखुको न्यूनतम मूल्य तोकेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने निर्णय गरेको हो । 

“उखुको न्यूनतम खरिद मूल्य जुन छ उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ । यसरी किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने एउटा मात्रै निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्