site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंकले ल्यायो ९ प्रतिशत ब्याज पाउने ‘नबिल डिवेन्चर २०८७’

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले बिक्रीमा ल्याउने कुल ३० लाखमध्ये एक अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणका निम्ति छुट्ट्याइएको छ । एक अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ ।

सर्वसाधारणलाई छुट्ट्याइएको १२ लाखमध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँबराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषका निम्ति समेत समावेश गरिएको छ ।

सर्वसाधारणले न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्मका निम्ति आवेदन दिन सक्नेछन् । यो सातवर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशत ब्याजदर पाउने नबिलले जनाएको छ ।

यो ऋणपत्र यही मंसिर २९ देखि छिटोमा आउँदो पुस ३ र ढिलोमा पुस १३ गतेसम्म खुला गरिने बैंकले जनाएको छ ।

नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

wefg-1702378574.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्