site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा फोन र इन्टरनेट सेवा पुनः सुचारु हुँदा इजरायल दोस्रो चरणको आक्रमण चर्काउँदै

काठमाडौं । गाजामा फोन र इन्टरनेट सेवा पुनःसूचारु हुन लागेको त्यहाँको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीले बताएको छ ।  विश्वसँगको सञ्चारबाट अवरुद्ध भएको गाजामा विस्तारै सेवा पुर्नस्थापना भइरहेको हो ।

"गाजा पट्टीमा ल्यान्डलाइन, मोबाइल र इन्टरनेट सेवा विस्तारै पुनर्स्थापित भइरहेको छ," प्यालेस्टाइन टेलिकम्युनिकेसन्स कम्पनी (पल्टेल)ले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

Argakhachi Cement Island Ad

कम्पनीले आन्तरिक नेटवर्क पूर्वाधारमा भएको क्षतिलाई विस्तारै समाधान गरिरहेको बताएको छ ।

यसबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजमा हमाससँगको युद्ध दोस्रो चरणमा पुगेको बताएका छन् ।

एक टेलिभिजन सम्बोधनमा बोल्दै उनले इजरायली कमान्डहरू गाजा पट्टीमा तैनाथ रहेको र बमबारी जारी रहेको बताएका छन् ।

इजरायलले ७ अक्टोबरमा भएको हमासको आक्रमणमा परी १४०० बढीको ज्यान गएको र २२९ जना बन्दक बनाइएको बताएको छ । गाजामा भने, इजरायली आक्रमणमा परेर ८०० भन्दा बढी मानिस मारिएका छन् भने, १० हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्