site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको चियापानमा शीर्ष नेताको जमघट (तस्बिरहरू)
तस्बिरहरू : किरणराज विष्ट/रासस ।

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापानमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रह्यो ।

चियापानमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी भए ।

चियापनमा सहभागी हुन पुगेका पाहुनलाई कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताले स्वागत गरेका थिए ।

k6-1698487370.jpg

बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा चियापान आयोजना गरिएको हो । चियापानमा राजनीतिक दलका नेता, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको थियो । कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ ।

बीपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक हरेक वर्ष निरन्तरता दिइएको छ ।

k3-1698487369.jpg

०३३ साल पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए । त्यति बेला राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए । बीपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न सुरु गरेका थिए ।

त्यसयता कांग्रेसले कोजाग्रत पूर्णिमाकै दिन संस्कृतिका रूपमा चियापान आयोजना गर्दै आएको छ । त्यति बेला प्रतिबन्धमा राजनीतिक दल र सर्वसाधारणबीच भेटका निम्ति सुरु गरिएको चियापान पछिल्लो समय प्रमुख दलका नेताहरू सँगै बसेर सार्वजनिक रूपमा प्रतिबद्धता जनाउने पर्वका रूपमा विकास भएको छ ।

k4-1698487370.jpg

k5-1698487370.jpg

k2-1698487369.jpgewofmdgm-1698487605.jpgk7-1698489844.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्