site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको चियापान कार्यक्रम सर्‍यो  

काठमाडौं । नेकपा (एमाले)ले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा तय गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको मिति सारेको छ । एमालेले यस वर्ष कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै यही कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको एमालेले जनाएको छ ।
 
चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ । कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्