site stats
बाह्रखरी :: Baahrakhari
खेल
पथिरानाको स्थानमा एकदिवसीय विश्वकप खेल्दै एन्जेलो म्याथ्युज

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाले महिसा पथिरानाको स्थानमा अनुभवी ब्याटर एन्जेलो म्याथ्युजलाई टिममा ल्याएको छ । काँधको चोटका कारण पथिरानाले पुनरागमन गर्न नसकेपछि म्याथ्युजलाई टिममा ल्याइएको हो ।

बुधबार आईसीसीको प्राविधिक समितिले पथिरानाको स्थानमा म्याथ्युजलाई खेल्न अनुमति दिएको थियो । म्याथ्युज आज इंग्ल्यान्डविरुद्ध श्रीलंकाको प्लेइङ–११ मा खेलिरहेका छन् । विश्वकपमा कुनै पनि खेलाडीको स्थानमा नयाँ ल्याउँदा आईसीसीको प्राविधिक टिमको अनुमति आवश्यक पर्छ ।

म्याथ्युजले श्रीलंकाबाट २२१ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । जसमा उनले तीन शतक र ४० अर्धशतक बनाएका छन् ।

यही अक्टोबर ५ देखि सुरु भएको विश्वकपमा श्रीलंकाले चार खेलमा एक मात्र जित निकालेको छ । श्रीलंका तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्