
काठमाडौं । सरकारले आगामी ६ महिनाभित्र राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने भएको छ । जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो कार्ययोजना स्वीकृत गरेको हो ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यो कार्ययोजनाको बुँदा नं. ३९१ मा राष्ट्रिय योजना आयोग नेतृत्वमा यो परिषद् स्थापना गर्ने उल्लेख छ ।
परिषद्मा नास्ट, नार्क, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र, राष्ट्रिय तथ्यांक कार्यालय, विश्वविद्यालय, नीति अनुसन्धान प्रतिष्ठान, निजी क्षेत्र, विद्वत–समूहबाट सदस्य रहनेछन् । यसको सहजीकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने कार्ययोजनामा उल्लेख छ ।