site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कस्तो छ गाजावासीको दैनिक दिनचर्या ?

काठमाडौं । गाजा क्षेत्रमा शासन गर्ने इजरायल र हमासबीचको हिंसाको पछिल्लो आक्रमणले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । अक्टोबर ७ मा सुरु भएको पछिल्लो आक्रमणयता दुवै पक्षले आक्रमणलाई तीव्र पारेका छन् । इजरायलले हवाई आक्रमणका साथै गाजामा पानी, बिजुली, इन्धन र अन्य आपूर्तिहरू बन्द गरेर बदला लिएको छ । 

यो युद्ध सुरु भएदेखि स्थानीयवासीले बिजुलीको अभाव व्यहोर्नु परेको छ । गाजापट्टीका स्थानीय ओसामा अली अबो हेजेमा पिउने पानी, खानेकुरा पनि अभाव हुँदै गएको बताउँछन् । तीन किलो पिठो पाउन ६ देखि आठ घण्टासम्म कुर्नुपरेको उनले बताए । त्यस्तै अर्का स्थानीयले आक्रमणका कारण विस्थापितहरूको संख्या धेरै ठूलो रहेको बताउँछन् । आफ्नो परिवार र आफन्त गरी ३०५ जना विस्थापित भएको उनको भनाइ छ । 

Argakhachi Cement Island Ad

घाइतेहरूका लागि पानी लिन जाँदा पनि पानी नपाएको उनको गुनासो छ । 

यसैबीच, इजरायल भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायल र इस्लामिक प्रतिरोध आन्दोलन (हमास)बीच जारी द्वन्द्वका बीच इजरायललाई बेलायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै सुनकले आफू इजरायलसँग मित्रको रुपमा उभिएको र इजरायलले युद्ध जित्ने अपेक्षा रहेको बताए । नेतान्याहुले इजरायललाई युद्धको लागि निरन्तर समर्थन आवश्यक रहेको बताए । प्रधानमन्त्री सुनकले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गरे । भेटमा इजरायललाई समर्थन गर्न र गाजामा मानवीय सहायताका लागि आग्रह गरे । 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्