site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रपतिले गरे एनआरएनएको ११औँ महाधिवेशनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनको उद्घाटन गरेका छन् । मंगलबारदेखि काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।

आज र भोलि तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ । नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।

अध्यक्षमा चारजनाले उमेदवारी दिएका छन् । एनआरएनएको ११औँ महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्