site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले गर्‍यो सञ्जय भण्डारीको ‘ब्रेन म्यापिङ’
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले सञ्जय भण्डारीको ‘ब्रेन म्यापिङ’ गरेको छ । काठमाडौंको गैह्रीगाउँमा चारजनाको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका २३ वर्षीय भण्डारीको ब्रेन म्यापिङ गरिएको हो ।

प्रहरीसमक्ष उनले गैह्रीगाउँबाहेक विभिन्न ठाउँमा हत्याका घटना घटाएको बयान दिएका थिए । सोही कारण ब्रेन म्यापिङ गरिएको हो ।

Argakhachi Cement Island Ad

पोलियोग्राफी परीक्षण गर्न उनी बोल्न नसक्ने भएकाले बे्रक म्यापिङ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ब्रेन म्यापिङबाट उनको मानसिक अवस्थाबारे जानकारी हुन्छ ।

गएको भदौ २९ गते गैह्रीगाँउस्थित दिव्य सःमिलमा दोलखाका कुमार भुजेलसहित उनकी श्रीमती, आमा र धनकुटाका १९ वर्षीय नवीन राईको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्