site stats
बाह्रखरी :: Baahrakhari
देश
धर्मगुरु आचार्य श्रीनिवास प्रहरी नियन्त्रणमा

काठमाडौं । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मंगलबार सुनसरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीले सोधपुछका लागि श्रीनिवासलाई नियन्त्रणमा लिइएको बताए । 

Argakhachi Cement Island Ad

"सोधपुछका लागि उहाँलाई उपस्थित गराएका हौँ । अहिले अनुसन्धान भइरहेको छ," बाह्रखरीसँग उनले भने ।

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्