site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूखमा कार ठोक्किँदा पाँचजनाको मृत्यु

उमरिया, मध्य प्रदेश । भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ ।

वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२ः३० बजे दुर्घटना भएको हो । कारमा सवार पाँचजनामध्ये तीनजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले भने, “शहडोल जिल्लाबाट कारमा आएका पाँचजना गत राति जिल्लाको एक ढाबामा खाना खाएर फर्किने क्रममा भएको दुर्घटनामा तीनजनाको घटनास्थलमा नै र दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ ।”

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र त्यसपछि परिवारको जिम्मा लगाइने मारवीले बताए । रासस/एएनआई

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्