site stats
बाह्रखरी :: Baahrakhari
देश
यसरी पक्राउ परे ९२० केजी गाँजासहित कन्टेनरका चालक र सहचालक

काठमाडौं । हेटौँडामा ९२० केजी गाँजासहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आइतबार हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित पूर्व–पश्चिम लोकमार्गबाट भारतीय दुईजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने ४५ वर्षीय दुलारे यादव र ३६ वर्षीय योगेश बर्मा रहेका छन् । उनीहरू कन्टेनरका चालक तथा सहचालक हुन् ।

Argakhachi Cement Island Ad

चितवनको खुरखुरेबाट विरगन्जतर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी. २१४५ नम्बरको भारतीय कन्टेनरबाट गाँजा बरामद गरिएको हो । उनीहरूले भित्तामा झन्डै दुई फिट चौडाइ र ६ फिट लम्बाइको फल्स बटन बनाएर गाँजा राखेका थिए ।

उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरको टोलीले पक्राउ गरेको हो । 

दुवैजनालाई बरामद गाँजा तथा कन्टेनरसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २३:३७
प्रतिक्रिया दिनुहोस्