site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा राप्रपाको प्रश्न :  माधव नेपाल र बाबुराम भट्टराईलाई हिरासतमा राखेर अनुसन्धान किन नगरेको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान किन नगरेको भन्दै प्रश्न उठाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूला नेता र जनताका लागि दुईवटा कानुन बनाउनू भन्दै कटाक्ष पनि गरे ।

Argakhachi Cement Island Ad

“यो देशमा दुईवटा कानुन बनाउनुस् । ठूल्ठूला नेतालाई कानुन नलाग्ने । प्रहरीको हिरासतमा जाँदै नजाने । जनतालाई गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने,” उनले कटाक्ष गरे, “यो कानुन लेख्नुभयो भने सह्य हुन्छ । नभए सडकमा आन्दोलन हुन्छ ।”

उनले पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखेर अनुुसन्धान नगरिएको विषयमा जवाफ समेत माग गरे ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्