site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरको एउटा सफा गल्ली, जहाँ टिकटक बनाउन युवा–युवती झुम्मिन्छन् (तस्बिरहरू )

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्लाष्टिकमा फोहोर पोको पारेर सडकमा मिल्काउनु सामान्य जस्तै मानिन्छ । असरल्ल फ्याँकिएका फोहोर, दुर्गन्ध अनि फोहोर थुपारेर सडकमै क्षति पुग्ने गरी आगो लगाउनु सामान्य जस्तै थियो । तर, विराटनगरको एउटा यस्तो गल्ली जहाँ टिकटक बनाउनेको सँधै घुइँचो हुन्छ ।
 
हरियाली, सफा अनि आकर्षक दृश्यले धेरै युवा–युवतीलाई यो गल्लीले तानिरहेको छ । यहाँ दैनिक टिकटक खिच्नेको घुइँचो लाग्ने गर्छ । टिकटक बनाउँदै गर्दा भेटिएका नितेश साहले भने, “सडक सफामात्र होइन नजिकै सडक छेउमै हुर्काइएका फूलका बोटविरुवाले पनि सिन निकै राम्रो आउँछ ।” 

यो सडक विराटनगर–७ मा अवस्थित कोइराला निवासको केही उत्तरको विपीन काबराको निवास अगाडि पर्छ । काबरा हाउसले नियमित सडक सफाइ र बगैंचा व्यवस्थापनमा कर्मचारी नै खटाएपछि यो सडकको सौन्दर्य बढेको हो । 

केही समययता विराटनगरको भित्री सहरी क्षेत्रका सडकको सफाइको अवस्थामा परिवर्तन आउन थालेको छ । उत्सर्जन हुने फोहोरलाई महानगरले नियमित उठाउने र त्यसको व्यवस्थापन गर्न थालेपछि सहरको सौन्दर्यमा समेत सुधार भएको महसुस गर्न सकिन्छ । सडक छेउमा उम्रिएका झारपात हटाउन नियमित काम भइरहेको महानगरको फोहोर व्यवस्थापन महाशाखाले जनाएको छ । 

Argakhachi Cement Island Ad

मेयर नागेश कोइरालाले फोहोर व्यवस्थापन र सहरी सौन्दर्यलाई ध्यान दिएर नियमित सफाइको काम अघि बढाइएको बताएका छन् । 

Biratnagar Sadak 41692058976.jpeg

Biratnagar Sadak 51692058952.jpeg

Biratnagar Sadak 21692058952.jpeg

 

Biratnagar Sadak 71692058949.jpeg

Biratnagar Sadak 31692058949.jpeg

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्