
वीरेन्द्रनगर । काँक्रेविहार सिन्जा (जुम्ला इलाका) साम्राज्यको राजा अशोक चल्लले विसं. १३१५ मा बनाएका थिए । उनको शासनकाल विसं. १३१२ देखि १३३५ सम्म थियो । राजा अशोक चल्ल राजा काचल्लको छोरा थिए ।
राजा अशोक चल्लको छोरा जितारी चल्लले आफैँ राजा भएपछि आफ्नो नामको पछाडि मल्ल लेखन सुरु गरे र यो वंश ‘चल्ल’बाट मल्लमा परिणत भएको थियो ।
राजा अशोक चल्ल माहायानी बौद्ध धर्म मान्थे भने अरु धर्मलाई पनि त्यतिकै आदर गर्थे । उनको राज्य पश्चिममा गढवाल लद्याख र सतलज नदीसम्म पूर्वमा व्रिस्ली नदीसम्म, उत्तरमा तिब्बतकाे खारी प्रदेश, दक्षिणमा हालको तराई भागसम्म फैलिएको थियो ।
हाल भारतको बोधगयामा प्राप्त शिलालेखहरू अनुसार उनको आफ्नो राजनीतिक प्रभाव बोधगयासम्म थियो । पछि गएर वि.सं. १८९० को ठूलो भूकम्पले यो विहार भत्किएको जानकारी पत्र विहार परिसरमा टाँसिएको छ ।