site stats
बाह्रखरी :: Baahrakhari
देश
बबईमा बाढी, भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियाको बबई नदीमा आइतबार पानीको बहाव उल्लेख्य बढेको छ ।

अहिले बबई नदी चेपाङ र भादा केन्द्रमा जलसतह सतर्कता तहनजिक छ । जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बबई नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“साउन २८ दिउँसो १ः३० बजे । बबई नदी चेपाङ र भादा केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेको छ,” महाशाखाको सूचनामा उल्लेख छ, “बबई नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाऔँ ।”

dfgm1691914498.jpg

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्