site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा कांग्रेस, एमाले सवाल–जवाफ : बैठक स्थगन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)ले अवरोध गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा उठेका विषयमा जवाफ दिएपछि पनि एमालेले मंगलबारको बैठकमा अवरोध गरेको हो ।

उच्चस्तरीय छानबिन समिति बनाउने प्रतिवद्धता जाहेर नभएपछि बैठकमा एमालेले अवरोध गर्ने सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यसपश्चात् एमालेले संसद्मा नाराबाजी गरेको थियो ।

एमालेको प्रतिक्रियापश्चात् कांग्रेस सांसदहरु रामहरि खतिवडा र राजन केसीले विरोध गरे । उनीहरुले संसद् एमालेको वा प्रतिपक्षीको मात्र बोल्ने थलो नभएको बताए ।

त्यसपश्चात् एमालेले चर्को स्वरमा नाराबाजी गर्‍यो । सभामुख देवराज घिमिरले संसद् चलाउन खोजे पनि बैठक अघि बढ्न सकेन । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगन भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्