site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको राजमार्ग निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिमी राज्य महाराष्ट्रमा राजमार्ग निर्माणस्थलमा क्रेन खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने ठाणे जिल्लाको शाहापुर नजिकै उक्त घटना भएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

मृत्यु हुनेमा पाँचजना इन्जिनियर थिए भने बाँकी मजदुर रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय प्रकोप उद्धार बल, दमकल विभाग र प्रहरीका उद्धारकर्मीहरूको टोलीले भग्नावशेष हटाउन र फसेका मानिसहरूलाई उद्धार गर्न क्रेन प्रयोग गरेर घटनास्थलमा पुगेका थिए।

घाइते तीनैजनालाई नजिकैको अस्पतालमा लगिएको छ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्