site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकको धापमा भारी वर्षा, मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोकको धापस्थित वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

Argakhachi Cement Island Ad

भक्तपुरको नगरकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव बढ्नसक्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

काठमाडौंमा पनि गएरातिदेखि नै वर्षा भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०५:३३
प्रतिक्रिया दिनुहोस्