site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५००  रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । सोमबार एक लाख ११ हजार ९५० रुपैयाँका कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ४९० रुपैयाँमा कारोबार भएको छ । मंगलबार प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्