site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् : रवि  लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकामा शनिबार आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टीपंक्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे ।

उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर, मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् ।”

सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे ।

रास्वपा अरू राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“सरकारले भ्रष्टाचारविरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्,” सभापति लामिछानेले भने, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ ।” रासस

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्