site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फ्रान्समा म्याक्रोनले गरे मोदीको भव्य स्वागत

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले त्यहाँको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गरेका छन् ।

फ्रान्सको राष्ट्रिय दिवस 'बास्टिल डे'मा शुक्रबार फ्रान्सले भारतलाई ‘सम्मानित अतिथि’को रूपमा स्वागत गरेको हो । 

Argakhachi Cement Island Ad

फ्रान्सका राष्ट्रपति म्याक्रोनले हिन्दी भाषामा ट्विट गर्दै “विश्व इतिहासको विशाल एवं भविष्यको निर्णायक देश रणनीतिक मित्र भारलाई यस वर्षको जुलाई १४ को परेडमा सम्मानित अतिथिको रूपमा स्वागत गर्न पाउँदा खुसी महसुस भएको भनेका छन् । 

यस्तै, भारतीय प्रधानमन्त्री मोदीले शताब्दीयौं पूरानो मूल्यमान्यताबाट प्रेरित भारत पृथ्वीमा शान्ति, समृद्धि र दिर्घकालीनताका लागि सम्भव सबै कुरा गर्न तयार रहेको बताएका छन् । उनले बलियो र भरपर्दाे साझेदार भएकोमा १.४ अर्ब भारतीय नागरिक फ्रान्सप्रति कृतज्ञ रहेको बताएका छन् । मोदीले योसम्बन्धी अझैं प्रगाढ बनोस् भनेर ट्विट गरेका छन् ।

बास्टिल डेको अवसरमा आयोजित परेडमा भारतीय सेनाको पञ्जाब रेजिमेन्टले पनि मार्च गरेको छ । यो टोलीको नेतृत्व क्याप्टेन अमन जगतापले गरेका छन् ।

परेडको हवाई सोमा भारतीय वायुसेनाको राफेल जेट विमान पनि रहेका थिए । जुलाई १३ र १४ मा फ्रान्सको भ्रमणपछि मोदीले जुलाई १५मा युनाइटेड अरब एमिरेट्सको भ्रमण गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्