site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सन् २०७५ मा चीन पहिलो र भारत दोस्रो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण, अमेरिकाको के होला ?

काठमाडौं ।  जापान र जर्मनीलाई मात्र नभई अमेरिकालाई समेत उछिनेर सन् २०७५ मा भारत विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्ने गोल्डम्यान स्याक्सले प्रक्षेपण गरेको छ । अहिले भारत जर्मनी, जापान, चीन र अमेरिकापछि विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो।

बढ्दो जनसंख्यासँगै आविष्कार र प्रविधिमा भइरहेको प्रगति, उच्च पुँजीको लगानी र बढ्दो कामदार उत्पादकत्व यसको आधार भएको बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरेको छ ।

गोल्ड म्यान स्याक्स रिसर्चका भारतीय अर्थशास्त्री सन्तनु सेनगुप्ताले भनेका छन्, “आगामी दुई दशकमा भारतको निर्भरता अनुपात क्षेत्रीय अर्थतन्त्रमध्ये सबैभन्दा कम हुने छ ।”

Argakhachi Cement Island Ad

देशको निर्भरता अनुपात कुल काम गर्ने उमेरको जनसंख्या र अरूमा निर्भर जनसंख्याबाट मापन गरिन्छ । निर्भरता अनुपात कम हुनुले युवा र वृद्धवृद्धालाई समर्थन गर्न सक्षम जनसंख्या बढी छ भन्ने संकेत गर्छ ।

सेनगुप्ताले आगामी २० वर्षसम्म प्रमुख ठुला अर्थतन्त्रमा सबैभन्दा कम निर्भरता अनुपात हुने मुलुक भारत बन्ने बताएका छन् । “त्यसैले यो वास्तवमै भारतको लागि उत्पादन क्षमता स्थापना गर्ने, सेवा बढाउने, पूर्वाधारको वृद्धिलाई निरन्तरता दिनेतर्फ अघि बढ्नुपर्ने संकेत हो,” उनले भने।

india to become second big economy1689097080.JPG

गोल्डम्यान स्याकले सन् २०७५ सम्म ५७ ट्रिलियन अमेरिकी डलर जीडीपीसहित चीन पहिलो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । यस्तै, दोस्रो नम्बरमा ५२.५ ट्रिलियन अमेरिकी डलर जीडीपीसहित भारत र तेस्रो नम्बरमा ५१.५ ट्रिलियन जीडीपीसहित अमेरिका रहने प्रक्षेपण बैंकले गरेको छ ।

युरोपेली क्षेत्रको जीडीपी ३०.३ ट्रिलियन अमेरिकी डलर र जापानको जीडीपी ७.५ ट्रिलियन अमेरिकी डलर रहने बैंकको अनुमान छ । गोल्डम्यान साक्स ग्रुप इङ्क अमेरिकी बहुराष्ट्रिय लगानी बैंक एवं वित्तीय सेवा कम्पनी हो ।

भारत सरकारले विशेषगरी सडक र रेलमार्गको स्थापनासहित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । भारतको हालैको बजेटले पूर्वाधारमा लगानी बढाउन राज्य सरकारलाई ५० वर्षे ब्याजरहित ऋण कार्यक्रम जारी राख्ने लक्ष्य राखेको छ ।

सीएनबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २३:२६
प्रतिक्रिया दिनुहोस्