site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री श्रेष्ठले भने– दोषी र अपराधी छुट्दैनन्, निर्दोष कोही नतर्सिनू
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आपराधिक क्रियाकलापमा संलग्नलाई छुट नहुने बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत उपप्रधानमन्त्री श्रेष्ठले किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नलाई छुट नहुने बताएका हुन् । 

तर, निर्दोष कोही पनि तर्सिनुनपर्ने उनको भनाइ छ । 

"देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाका लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनुपर्दैन । दोषी र अपराधीलाई भने छुट हुने छैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौँ," श्रेष्ठले ट्विटरमा भनेका छन् ।

पछिल्लो समय सरकारले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २३:४२
प्रतिक्रिया दिनुहोस्