site stats
बाह्रखरी :: Baahrakhari
देश
मालढुंगा–बेनी सडक अवरुद्ध
फाइल तस्बिर ।

पर्वत । निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा सडकमाथिबाट आएको पहिरोले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन ।

Argakhachi Cement Island Ad

वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यवसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अरू जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा रोकिएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् ।

यात्रुलाई बागलुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताए ।

निर्माणाधीन उक्त सडक समान्य वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्