site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट पास भएको घोषणापछि एमालेले गर्‍यो मत विभाजनको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मत विभाजनको माग गरेको छ । सभामुख देवराज घिमिरेले बजेटको पक्षमा बहुमत रहेको भन्दै बजेट पारित भएको घोषणा गरेका थिए । 

त्यसपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गरे । उनले बजेटको विपक्षमा मत धेरै रहेको आफूहरूलाई लागेका बताए ।

त्यसपछि सभामुखले मतदानको प्रक्रिया सुरु गराएका छन् ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्