site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेट पास गर्न एकीकृत समाजवादी सहमत 

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पास गर्न सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) सहमत भएको छ ।  एकीकृत समाजवादीले बजेट वितरण समानुपातिक नभएको भन्दै पास गराउन नदिने बताउँदै आएको थियो । 

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बजेट पास गर्ने सहमति जुटेको हो । 

बजेटमा रहेको भौगोलिक असन्तुलन कुनै न कुनै ढंगबाट सम्बोधन गर्न एकीकृत समाजवादी, प्रधानमन्त्री र अर्थमन्त्रीबीच समझदारी भएपछि बजेट पास गर्ने सहमति जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव नेपाल, प्रमुख सचेतक मेटमणि चौधरी, अर्थमन्त्री प्रकाशशरण महतबीच छलफल भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्