site stats
बाह्रखरी :: Baahrakhari
कला
धरानमा ‘आदिपुरुष’को प्रदर्शन नगर्न मेयर हर्कको निर्देशन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन नगर्न निर्देशन दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले धरानमा सो चलचित्रको प्रदर्शन नगर्न निर्देशन दिएका हुन् ।

“धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला ! जय देश !,” उनले फेसबुकमा लेखेका छन् ।

यसअघि, काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले विवादित ‘आदिपुरुष’को प्रदर्शन रोकिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्